दोभान खोलामा बेलिब्रिज निर्माण
गोरखा । उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुलचुक जोड्ने गरी बूढी गण्डकीमाथि बेलिब्रिज निर्माण भएको छ ।
दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङले जानकारी दिनुभयो । बुढीगण्डकी नदीमाथि करिब ४२ मिटर लामो बेलीब्रिज निर्माण कार्य सम्पन्न भएको हो ।
बेलिब्रिज निर्माण भएपछि बेनिघाट(लार्के सडकबाट हुलचुक सम्म सवारी साधन सहजै पुग्न सक्ने हुँदा स्थानीयबासीलाई ठूलो राहत पुग्नेछ । जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पुल निर्माण गरेको हो ।
करिब ५ करोड रुपैयाँ लागतमा बेलीब्रिज निर्माण भएको हो । सो पुल निर्माणको काम गत फागुनबाट सुरु भएको थियो । सो बेलिब्रिज भन्दा केही माथि यारु खोला जलविद्युत् आयोजनाले पनि अर्को बेलिब्रिज निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्