डडेल्धुराका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा
डडेल्धुरा । डडेल्धुराका अधिकांश सरकारी कार्यालयका प्रमुख एक साता देखि जिल्लामा नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
असार मसान्त सकिएसंगैं कार्यालय प्रमुखहरू घर बिदा देखि कार्यालयको कामकाज भन्दै बिदा लिएर जिल्ला छोडेपछि दैनिक कामकाजमा समस्या आएको छ ।
गाउँ बस्तीबाट सेवाग्राहीहरू विभिन्न कामले जिल्लाका अफिसहरूमा पुग्छन् । कार्यालय प्रमुख नहुँदा रित्तो हात फर्किन बाध्य छन् सम्बन्धित निकायको चासो छैन ।
डडेल्धुराको एकमात्र सङ्घीय अस्पताल डडेल्धुराका मेसु डा.सुधा देबकोटा दुई साता देखि काठमाडौँमा छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लामो समय बिदा बस्दा कार्यालयको कामकाज मात्रै होइन सेवा समेत प्रभावित भएको छ । अस्पतालमा कर्मचारी भर्नाका विषयमा व्यापक विवाद सिर्जना भएपछि जिल्ला छोडेका मेसु देबकोटा दुई साता बितिसक्दा समेत जिल्ला फर्केका छैनन् ।
जिल्लामा झण्डै दुई दर्जन भन्दा बढी कार्यालय रहे पनि मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, वन डिभिजन कार्यालय, निर्वाचन कार्यालयका प्रमुखहरू मात्रै कार्यालयमा उपस्थिति भएको देखियो । विभिन्न कामकाजको बहना बनाएर जिल्ला छोड्ने कार्यालय प्रमुखका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय डडेलधुराले निगरानी गर्नुपर्नेमा सेवाग्राहीहरूको जोड रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्