मकवानपुर : दुई दशकमा एक हजार पाँच सय योग शिक्षक तयार
मकवानपुर । पतञ्जलि योग समिति, मकवानपुरले दुई दशकको अन्तरालमा एक हजार ५०० योग शिक्षक तयार गरेको छ ।
योगका माध्यमबाट स्वास्थ्य प्रवर्द्धन, चरित्र निर्माण र आरोग्यतासँगै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले योग शिक्षक तयार पारिएको पतञ्जलि योग समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
पतञ्जलि योग समितिको स्थापना २०६४ साल साउन ४ गते भएको हो । जिल्लामा महिला पतञ्जलि योग समिति र पतञ्जलि योग युवा समितिसमेत क्रियाशील छन् । योग गुरुले विभिन्न स्थानमा पुगी योग साधनाका बारेमा प्रशिक्षण दिने व्यवस्था छ ।
जिल्लाका ४६ ठाउँमा योग साधना केन्द्र छन् । हाल ३५ स्थानमा सक्रियतापूर्वक नियमित योग साधना सञ्चालन भइरहेको छ । साधनामा युवालाई थप आकर्षण गर्न सकिएको छैन । जिल्लाका सात स्थानमा बाल संस्कार सेवा कार्यक्रम सञ्चालन भएको छ ।
योग साधनामा सहयोग गर्ने सहयोग शिक्षकका लागि हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित वडा कार्यालय भवन र हेटौँडा–६ स्थित शुभम् पार्टी प्यालेसमा १५ दिने सहयोग शिक्षक तालिम पनि सञ्चालन भइरहेको छ ।
योग साधना कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका तथा वडा कार्यालयले विभिन्न सहयोग पुर्याउँदै आएको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्