तपाईँ सुन्दै हुनुहुन्छः

सांसद बुर्लाकोटीद्वारा पहिरो प्रभावित क्षेत्रको अनुगमन

गोरखा । प्रतिनिधिसभा सदस्य तथा गोरखा निर्वाचन क्षेत्र नम्बर–२ का सांसद कविन्द्र बुर्लाकोटीले गोरखा नगरपालिका–९ लक्ष्मी बजार क्षेत्रमा पहिरो प्रभावित बस्तीको स्थलगत अवलोकन गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ । 

आइतबार लक्ष्मी बजारमा आयोजित स्थानीयवासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा सांसद बुर्लाकोटीले वर्षाका कारण उत्पन्न विपद्, विकास निर्माणका काम र स्थानीय जनताका समस्या तथा आवश्यकताबारे जानकारी लिनुभएको थियो । 

कार्यक्रमपछि उहाँले पहिरोका कारण क्षति पुगेको घरको स्थलगत निरीक्षण गर्दै प्रभावित परिवारको अवस्थाबारे जानकारी लिनुभएको थियो । स्थानीय मानसिंह गुरुङको घर पहिरोले लगेको थियो । सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि बगाएर लगेको हो । 

सांसद बुर्लाकोटीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनः स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सबै सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गर्नुभयो । विपद्बाट प्रभावित परिवारलाई आवश्यक सरकारी सहयोग उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button