सौर्य ऊर्जा मार्फत बिद्युत् उत्पादन कार्य अन्तिम चरणमा
अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कमा सौर्य ऊर्जा मार्फत बिद्युत् उत्पादन कार्य अन्तिम चरणमा पुगेको छ ।

अर्घाभगवती भेन्चर्स प्रा.लि.मार्फत अर्घासौर्य ऊर्जा (सोलार) कम्पनीले १० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
कम्पनीले २ सय ५० रोपनी जग्गा लिजमा लिएर निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको हो । आयोजना सम्पन्न भएपछि उत्पादन हुने १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
यो आयोजना सञ्चालनमा आएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन र ऊर्जा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न पनि आयोजनाले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
कम्पनीले निर्माण कार्यलाई असोज भित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन वर्षदेखि निरन्तर काम गरिरहेको न्यु अरनिको कन्ट्रक्सन सिन्धुपाल्चोकका जङ्ग तामाङले जानकारी दिनुभयो ।
१ अर्ब १० करोडको लगानीमा निर्माण सुरु भएको आयोजनाले भिरालो पाखो जमिनमा करिब १७ हजार सोलरका पाता जोडिँदै छ । जसमा चारवटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । अर्घा सौर्य ऊर्जा सोलार कम्पनीमा करिब २२ जनाले रोजगारी पाउने डिल्लीराज पौडेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्