तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा लागूऔषधसहित एक युवक पक्राउ

सल्यान। सल्यान प्रहरीले लागूऔषध हिरोइन सहित एक युवकलाई पक्राउ गरेको छ ।

शारदा नगरपालिका–१ श्रीनगर निवासी २३ वर्षीय सन्तोष बस्नेतलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घरमा लागूऔषध सेवन तथा कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा सुत्ने कोठाको डसनामुनि रहेको खुकुरी चुरोटको बट्टाभित्र कालो र हरियो प्लास्टिकमा छुट्टाछुट्टै तीन वटा पुडियामा लुकाइछिपाइ राखिएको हिरोइन जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । 

बरामद गरिएको पदार्थको प्लास्टिकसहितको तौल ३९० मिलिग्राम तथा शुद्ध तौल २३० मिलिग्राम रहेको उहाँको भनाई छ । 

लागूऔषधसहित पक्राउ परेका बस्नेतलाई सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button