तपाईँ सुन्दै हुनुहुन्छः

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

जनकपुरधाम I अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । 

आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो ।

लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ । सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button