तपाईँ सुन्दै हुनुहुन्छः

फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु : फिफा

काठमाडौँ । फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको पुष्टि गरेको छ ।

फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ ।

घटनामा संलग्न खेलाडी वा प्रशिक्षक दोषी ठहरिएमा उनीहरूलाई निलम्बनसम्मको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल सङ्घलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी तथा प्रशिक्षक टोलीका सदस्यहरू स्पेनका खेलाडीहरूले विश्वकप जितको उत्सव मनाइरहेका बेला उनीहरूसँग विवादमा उत्रिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button