परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदिश्वर पाण्डे नियुक्त
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालको स्वकीय सचिवालयमा जगदिश्वर पाण्डे प्रेस सल्लाहकार पदमा नियुक्त हुनुभएको छ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पाण्डेलाई नेपाल सरकारको विशिष्ट श्रेणीको सुविधा पाउने गरी प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो।
तादी गाउँपालिका-४, नुवाकोट स्थायी घर भएका पाण्डेको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुने गरी गरिएको परराष्ट्र मन्त्रालय, सार्वजनिक कूटनीति महाशाखाले जनाएको छ।
पत्रकारिता तथा परराष्ट्र मामिलाका विषयमा लामो अनुभव सँगालेका पाण्डेले अब परराष्ट्रमन्त्रीको प्रेस तथा सञ्चार सम्बन्धी काम-कारबाहीको जिम्मेवारी सम्हाल्नुहुनेछ।







प्रतिक्रिया राख्नुहोस्