तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा ४३ प्रतिशत धान रोपाई सम्पन्न

पाँचथर । पाँचथरमा हालसम्म ४३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । जिल्लाको धान खेती योग्य जमिन मध्ये ४३ प्रतिशत सम्पन्न भएको हो । 

खेतियोग्य ५ हजार ८ सय ८५ क्षेत्रफलमध्ये २ हजार ५ सय ३१ क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी केशर बहादुर मंगरातीले जानकारी दिनुभयो । अघिल्लो वर्षमा ४५ प्रतिशत अर्थात् २ हजार ६ सय ३२ हेक्टरमा रोपाई भएको थियो । गत वर्ष भन्दा २ प्रतिशत कमी धान रोपाई भएको छ । 

जिल्लामा राम्बो, बेलगुठी, चरिनङ्ग्रे, भँगेरे, चिराँखे, जिरामसिना, छोटिमसिनो, पोखरेली लगायतका धान खेती हुने गरेको छ । यसपटक खण्ड खण्ड पानी परेको र केही स्थानमा कुलो भत्किएकोले गत वर्ष भन्दा कम धान खेती भएको मंगरातीले बताउनुभयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार पाँचथरमा ६० हजार २ सय ५७ हेक्टर कुल खेती योग्य जमिन छ । जसमध्ये ५ हजार ८ सय ८५ हेक्टर धान खेतीको लागी योग्य छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button