पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष पराजुलीको निधन
नवलपरासी । नेपाल पत्रकार महासङ्घ नवलपरासी पश्चिम् शाखाका अध्यक्ष केशव पराजुलीको निधन भएको छ । उहाँको परासीस्थित पृथ्वी चन्द्र जिल्ला अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

पराजुली फोक्सोको क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । लामो समयदेखि उपचाररत पराजुलीको उपचार सम्भव नभएपछि ५७ वर्षको उमेरमा निधन भएको हो ।पराजुली दोस्रो पटक महासङ्घ नवलपरासीको अध्यक्ष हुनुभएको थियो ।
विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय जीवन व्यतीत गर्नुभएका पराजुलीको निधनमा महासङ्घ जिल्ला शाखाले गहिरो दुख व्यक्त गरेको छ । मिजासिलो र सरल स्वभावका पराजुलीको निधनले सिङ्गो पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । पराजुलीका श्रीमती र दुई छोरी रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्