तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागिपरेको छ: श्रममन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री यादवले आन्तरिक रोजगारी प्रवद्र्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेस्नल इम्प्लोयमेन्ट प्रमोसनका रुपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो ।

उहाँले विद्यमान रोजगार नीति समयसापेक्ष नभएको भन्दै अहिलेको आवश्यकता अनुसार रोजगार नीति परिमार्जन गर्न कार्यदल बनाएर काम अगाडी बढाएको जानकारी गराउनुभयो ।

मन्त्री यादवले आन्तरिक रोजगारी सिर्जनामा सबैको भूमिका हुने भएकाले सबै मन्त्रालयसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो । 

कार्यक्रम थप्ने भन्दा पनि जग बसाउने क्रममा रहेको भन्दै श्रम मन्त्री यादवले नीति, कार्यविधि र  प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च नहुने भएकाले जग बसेपछि आवश्यकता अनुसार बजेट बढाउँदै लैजाने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button