तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल वायुसेवा निगमले रुकुममा सातामा तीन उडान गर्ने

रुकुम पश्चिम । नेपाल वायुसेवा निगमले रुकुम पश्चिममा अब सातामा तीन उडान गर्ने भएको छ । यसअघि सातामा दुई फ्लाईट गर्दै आएको नियम अब तीन फ्लाईट गर्ने नेपाल वायुसेवा निगम रुकुम पश्चिमले जनाएको छ ।

कार्यालय प्रमुख प्रेम ओलीका अनुसार काठमाडौँ– रुकुम–नेपालगन्ज आइतबार, नेपालगन्ज–रुकुम–काठमाडौँ शुक्रवार र नेपालगन्ज–रुकुम– नेपालगन्ज  बुधबार हवाई उडान हुनेछन । बर्षातको समय सुरु हुँदै गर्दा सडक यातायात मार्फत लामो यात्रा गर्ने समस्यामा पर्ने गरेका यात्रुहरू हवाई उडान थप हुँदा खुसी भएका छन् । 

निगमले यात्रुको सहजताका लागि कार्यालय सँगै अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ । निगमको अनलाइन सँगै ई सेवाबाट समेत टिकट बुक गर्न सकिने कार्यालय जनाएको छ । तर रुकुम पश्चिमको चौरजहारीमा पनि एयरपोर्ट भएपनि लामो समयदेखि बन्द रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button