तपाईँ सुन्दै हुनुहुन्छः

जेठ २८ गतेसम्म सार्वजनिक जग्गामा बनेका संरचना हटाउन पोखरा महानगरको आग्रह

पोखरा । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा सार्वजनिक जग्गामा बनेका अस्थायी संरचना जेठ २८ भित्र हटाउन आग्रह गरेको छ। सो समय सीमापछि नहटाइए कानुनी प्रक्रिया अपनाइने महानगरले चेतावनी दिएको छ। सूचना जारी भएपछि केही व्यवसायी तथा सुकुम्वासीहरूले आफैँ टहरा तथा सटर खाली गर्न थालेका छन्।

बसपार्क निर्माण प्रक्रिया अघि बढाउने क्रममा व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ। इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित समितिलाई जग्गा नापजाँच र व्यवस्थापन क्षमताबारे सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। यसअघि अर्को समितिले प्रतिवेदन बुझाइसकेको छ भने पूर्व न्यायाधीश शङ्करराज बरालको नेतृत्वमा छानबिन समिति पनि सक्रिय छ।

करिब ४७५ घरधुरी प्रभावित छन्। उनीहरूले वैकल्पिक बसोबासबिना हटाइए आन्दोलन गर्ने चेतावनी दिएका छन्। महानगर प्रमुख धनराज आचार्यले समस्या जिम्मेवार रूपमा समाधान गरिने बताएका छन्। २०३२ सालमा अधिग्रहण गरिएको २०५ रोपनीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button