रास्वपा अर्घाखाँचीमा महिला नेतृत्व, सभापतिमा पराजुली निर्वाचित
अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पछि पार्दै पराजुली विजयी हुनुभएको हो । उहाँले ९१ मत प्राप्त गर्नुभयो भने दिनेश सुनारले ७९ मत पाउनुभयो । अर्का प्रतिस्पर्धी महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा सहयोगी विसी ११६ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत ल्याए। त्यस्तै सचिवमा चिरन सुनार १५० मत प्राप्त गरी विजयी हुनुभयो । सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्