तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सात उद्योगविरुद्ध खाद्य मुद्दा दर्ता

कास्की। कास्कीका ७ उद्योगविरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग, होटल, रेस्टुरेन्ट र बजार अनुगमन गर्दै ७ वटा उद्योग तथा व्यवसायविरुद्ध मुद्दा दर्ता गरेको छ ।

न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दाबी गर्ने कार्यमा संलग्न उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म ७६ पटक खाद्य बजार, १२ पटक दाना बजार, ७१ पटक होटल तथा रेस्टुरेन्ट, २०८ पटक खाद्य उद्योग र ६८ पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ । र्‍यापिड रेस्पोन्स मोडालिटीमार्फत ५ पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button