तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिका लागि जुत्ताचप्पल उत्पादन सम्बन्धि तालिम

विराटनगर ।  मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाउने उद्देश्यले जुत्ताचप्पल उत्पादन सम्बन्धि व्यावसायिक तालीम आ देखि विराटनगरमा शुरु गरिएको छ ।

विराटनगर महानगरपालिका, साथी फुटवेयर उद्योग विराटनगर , राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश र सामर्थ्य समाजद्वारा आयोजित एक महिने तालिममा १७ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता  छ । 

उनीहरूलाई बजारमा आएका नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल निर्माण सम्बन्धी तालिममा दिइने छ । अपाङ्गता व्यक्तिलाई  तालिम प्रदान गरी दक्ष बनाई स्वरोजगार बनाउनु तालिमको उद्देश्य रहेको छ । 

अपाङ्गता व्यक्ति विगतमा सीमावर्ती भारतीय बजारबाट समान ल्याई विराटनगर लगायतका बजारमा बिक्री गरी हातमुख जोर्ने गरेका थिए ।

अहिलेको अवस्थामा सरकारद्वारा एक सयभन्दा बढीका सामान  भारतबाट ल्याउँदा राजश्व दिनुपर्ने नियमले  समस्या भएकोले उनीहरूलाई स्वरोजगार एव आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको साथी फुटवेयरका अध्यक्ष संजय दर्नालले बताउनुभयो । 

अपाङ्गता व्यक्तिहरूलाई बजारको ज्ञान भएकाले उत्पादित सामाग्री बजारीकरणको कुनै समस्या नरहेको अपाङ्ग संघका सरोज नेपालीको भनाई छ ।

सो अवसरमा महासङ्घ कोशी प्रदेशका सचिव गोपालमान थापा, सामर्थ्यका अध्यक्ष चेतनाथ पोखरेल, सञ्चारकर्मीहरू नवराज कट्टेल, इन्दिरा भट्टराई, नवीन कर्ण, प्रशिक्षकहरू मालती आचार्य र मुना खड्कालगायतले तालिमले अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताउनुभयो ।

तालिमका सहभागीहरूलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजीको  व्यवस्था गर्ने उहाँहरूले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button