मूल्य वृद्धि, महँगी तथा कालोबजारी नियन्त्रण लगायतका विषयमा विपक्षी दलहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ I विपक्षी दलहरूले मूल्य वृद्धि, महँगी तथा कालोबजारी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको विपक्षीदलका प्रमुख सचेतकको संयुक्त बैठकले सुकुम्वासी समस्या, महँगी नियन्त्रणलगायतको विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको भन्दै तत्काल महँगी र कालोबजारी नियन्त्रणका साथै किसानको हितलाई ध्यानमा राखी आपूर्ति व्यवस्था सहज गर्न पनि सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले अमेरिका, इजरायल र ईरानबिचको युद्धका कारण रासायनिक मलको अभाव हुनसक्ने भन्दै किसानहरूलाई मलको अभाव हुन नदिन समयमै सरकार सचेत हुनुपर्ने जनाएको छ ।
बैठकले देशका विभिन्न स्थानमा सुकुम्वासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान तथा वैकल्पिक आवासको व्यवस्था नगरी हटाएकोप्रति आपत्ति जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्