तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा निःशुल्क कानूनी सहायता प्रभावकारी बन्दै

बाँके। बाँकेमा कानूनी सहायता समितिमार्फत निःशुल्क कानूनी सेवा प्रभावकारी रूपमा प्रदान हुँदै आएको छ। सीमित स्रोत–साधनका बाबजुद समितिले पछिल्लो चार महिनामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

समितिका अनुसार चार महिनाको अवधिमा दर्ता भएका ३९ मुद्दा अनुमोदन गरिएको छ। गत आर्थिक वर्षबाट सरेका ९९ मुद्दा र चालु आर्थिक वर्षमा दर्ता भएका १ सय ४ मुद्दासहित कुल २ सय ३ मुद्दामा निःशुल्क कानूनी सहायता उपलब्ध गराइएको छ।

तीमध्ये ४७ मुद्दाको फैसला भइसकेको छ भने बाँकी १ सय ५६ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन्। समितिका अध्यक्ष तथा उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका सहन्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार सम्बन्ध विच्छेद, खाना खर्च, अंश, घरेलु हिंसा तथा बहुविवाहजस्ता संवेदनशील प्रकृतिका मुद्दामा विशेष प्राथमिकताका साथ सेवा प्रदान गरिएको छ।

समितिले न्यून जनशक्तिमा समेत प्रभावकारी कार्यसम्पादन गरिरहेको जनाएको छ। हाल एक मात्र अधिवक्तामार्फत मुद्दाको फिराद मस्यौदा, बहस, बकपत्र तथा कानूनी परामर्शजस्ता कार्य सञ्चालन हुँदै आएका छन्, जसले सेवा प्रवाहमा चुनौती भए पनि निरन्तरता कायम राखेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button