पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको हिलिहाङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
हिलिहाङ ५ बन्चरे डाँडा स्थित गुराँसे–सुभाङ सडक खण्डमा दोपकिलेबाट सुभाङ तर्फ जाँदै गरेको मे.१ च. ६०२९ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना भएको हो । अनियन्त्रित पिकअप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनामा परि पिकअप धनी हिलिहाङ ५ सुभाङका २४ वर्षीय आवास मावोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पिकअपमा सवार हिलिहाङ ५ कै २४ वर्षीय सन्दिप उभरकोटी र चालक बुद्धशान्ती ६ झापाका २५ वर्षीय कृष्ण बहादुर बराइली छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पाँचथर प्रहरीले जनाएको छ ।
घटनाबारे चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रमुख अनिश कर्णले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्