तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा -४ ओसिलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु  हुनुका साथै चार जना घाइते भएका छन्। 

काँडापारी बाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०१ -००१ ज १६४१ नम्बरको जिप  ओसिलमा दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब इन्जिनियर मनीषा पाल र सिचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत भरत तितराको घटनास्थलमै ज्यान गएको छ । शैल्यशिखर नगरपालिका वडा न-४ ओसिलमा योजना अनुगमन गर्न गएको भाडाको जिप दुर्घटनामा परेको हो । सोही जिपमा सवार अन्य ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा शैल्यशिखर नगरपालिका वडा -४ बस्ने अकबर महर, सोही ठाउँका गाडी शाहु विक्रम महर, चालक प्रकाश ठगुन्ना, र मालिकार्जुन गाउँपालिका वडा -५ डाडाकोट बस्ने मिनबहादुर पाल घाइते भएको इलाका प्रहरी कार्यालय  गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिंह भाटले  जानकारी दिनुभएको छ।

जिप दुर्घटनाका  घाइतेलाई  इलाका  प्रहरी गोकुलेश्वर र स्थानीयले उद्धार गरी उपचारका लागि  गोलकुलेश्वर अस्पताल  पुगाएका छन् ।दुर्घटना का गम्भीर घाइतेहरूलाई थप उपचारका लागि  हवाई उद्धारको पहल भइरहेको  प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट  समेत प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button