तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता वैशाखमा हुने

पाँचथर । पाँचथरको फिदिममा अगामी बैशाख १० गते बाट दोस्रो सुम्हात्लुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

ब्याडमिन्टन संघ पाँचथरले आयोजना गर्न लागेको प्रतियोगिता फिदिम स्थित जिल्ला समन्वय समितिको परिसरमा रहेको सिटि हलमा बैशाख १० देखी १२ सम्म चल्नेछ । प्रतियोगितामा पुरुष डवल, महिला डवल, मिक्स डवल, जुनियर ब्वाइज गल्स, भेट्रान्स, सुपर भेट्रान्स, रायजिङ प्लेयर लगायत ११ विधाका खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता, उप विजेता र तृतीय हुनेले विधा अनुसार न्यूनतम नगद ५ हजार देखी ५५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिता अवधिमा देश भरका करिब २ सय खेलाडी सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । खेलाडी तथा प्राविधिकको दैनिक भत्ता, यातायात, आवास, खेल सामाग्री र व्यवस्थापनमा २० लाख खर्च हुने अनुमान गरिएको छ । 

खेलाडीको स्वास्थ्य अवस्था स्वस्थ राख्न, प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न र खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धन गर्दै आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष तेज बहादुर तुम्बापोको  भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button