तपाईँ सुन्दै हुनुहुन्छः

चैत्र २५ गतेबाट भेट्रान्स गोल्डकप

पाँचथर । पाँचथरमा चैत्र २५ गते बाट तेस्रो भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

हिलिहाङ गाउँपालिका स्थित जोरपोखरी मा.वि.को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता फिदिम भेट्रान्स क्लबले आयोजना गरेको हो ।  गोल्ड कपमा आयोजक फिदिम भेट्रान्स सहित इलाम, झापा,मोरङ, सुनसरी र भारत सहित ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै प्रत्येक खेलको “म्यान अफ द म्याच” ले नगद रु २ हजार ५ सय, सर्वोकृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत ३ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलको १ लाखको दुर्घटना बीमा  तथा खान बस्नको लागी समेत प्रबन्ध गरिएको आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्धन गर्न जोरपोखरीमा गोल्डकपको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button