रुकुम पश्चिमको जिल्ला कारागारमा एक कैदीको मृत्यु
रुकुम पश्चिम। जिल्ला कारागार रुकुम पश्चिममा रहेका एक कैदीको मृत्यु भएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का ५९ वर्षीय मनबहादुर बुढाको उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बुढा बुधवार राति एक्कासि बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी बेदप्रसाद पौडेलले बताउनुभयो । बुढालाई प्रेसर, श्वासप्रश्वास र मधुमेहको पनि समस्या रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्