माटोको ढिस्कोले पुरिँदा डोटीमा बालिकाको मृत्यु
सिलगढी। डोटीको सायल गाउँपालिका–२ ग्वानीमा माटोको ढिस्कोले पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
आज मङ्गलवार बिहान स्थानीय शेरबहादुर सिंहकी करिब १५/१६ बर्सिया छोरी एलिना सिंह घर पोत्नका लागि माटो खन्न गएकी थिइन् । सोही क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनी पुरिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।
स्थानीयवासीले उनलाई तत्काल निकाल्ने प्रयास गरे पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीबाट थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा अपराध अनुसन्धान टोलीसहित चार जना प्रहरी कर्मचारी घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्