निर्वाचित भएपछि गाउँ पुगेर मतदातालाई धन्यवाद दिँदै भुसाल

अघाखाँची I प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद भुसालले निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै गाउँ पुग्नुभएको छ ।
उहाँले आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिन आफु अहिले गाँउमा गएको बताउनुभयो । भुसालले भुमिकास्थान नगरपालिकाबाट अभियान सुरु गर्नुभएको छ ।
रास्वपा स्थापना देखि निरन्तर पार्टीमा सक्रिय रही जिल्ला सभापति भएर जिल्लाको सङ्गठन बिस्तार गर्दै प्रतिनिधि सभा सदस्य सम्म पुग्न सफल भुसालले कुल ३५ हजार २३ मत प्राप्त गर्दै विजय हुनुभएको हो ।
२०७४ मा विवेकशील साझा पार्टी र २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेर पराजित हुनुभएका भुसाल तेस्रो पटकको प्रयासमा १२ हजार ३ सय ७४ मतान्तरले विजय हुनुभएको हो ।
निर्वाचन जिते लगत्तै भुसाल गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिँदै आगामी दिनमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्