तपाईँ सुन्दै हुनुहुन्छः

 दार्चुलामा नेकपा एमालेका  गणेश सिंह ठगुन्ना  विजयी

दार्चुला । दार्चुलामा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका गणेश सिंह ठगुन्ना विजयी हुनुभएको छ  । 

नेपाली कांग्रेसका उम्मेदवार  धर्मानन्द जोशीलाई  ३ हजार  ५५ मतान्तरले पराजित गर्दै ठगुन्ना विजयी  हुनुभएको हो । निर्वाचित भएका ठगुन्नाले   १८ हजार ८ सय ५१  मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी  नेपाली कांग्रेसका  धर्मानन्द जोशी १५ हजार ८ सय ३६ मत प्राप्त गर्नुभयो  । 

त्यसैगरी  राष्ट्रिय  स्वतन्त्र पार्टीका राजेश सिंह सामन्तले ८ हजार ९ सय ३६ मत प्राप्त गरी तेस्रो तथा नेपाली कम्युनिष्ट पाटीका लक्ष्मण दत्त जोशीले ३ हजार  ९५ मत प्राप्त गरी चौथो र रा प्र पा का राजेश चन्द   ६सय ६६  सहित पांचौ  स्थानमा रहनुभएको छ ।   

नवनिर्वाचित ठगुन्ना नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा  दार्चुला बाट दोस्रो संविधान सभा २०७० र  प्रतिनिधि सभा २०७४ मा समेत दार्चुला जिल्लाबाट निर्वाचित भई  मन्त्री समेत भइसक्नु भएको छ । 

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा  जम्मा  ९२ हजार नौ सय ४८ मतदाता रहेकोमा ४९ हजार  नौ  सय ६८ मत मात्रै मतदान भएको थियो । कुल सदर मत ४७ हजार ८ सय ९०  र बदर मत २ हजार ४७  रहेको  मुख्य निर्वाचन अधिकृत भुवन गिरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button