तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर क्षेत्र नम्बर २ मा मतगणना जारी : दीपक राज बोहरा मतान्तर फराकिलो बनाउँदै

कञ्चनपुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख ९ हजार ५७४ मतदाता रहेका छन् । बिहीबार सम्पन्न मतदानमा ६४ हजार ८८१ मत खसेको थियो । जसमा ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष मतदाता रहेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक राज बोहरा १ हजार ३८० मतसहित अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रकाश साउदले ५३९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बचन बहादुर सिंहले ३७८ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :
माधव प्रसाद पन्त (नेपाली कम्युनिष्ट पार्टी) – १४३
तिर्थ राज चटौत (राष्ट्रिय प्रजातन्त्र पार्टी) – ९४
बिरेन्द्र राना (स्वतन्त्र) – ३५
राम चन्द्र भट्ट (जनमत पार्टी) – ११
प्रेमवती राना (नागरिक उन्मुक्ति पार्टी) – १०
लोकेन्द्र बहादुर विक (नेकपा माओवादी) – ६
योगेन्द्र व. साउद (उज्यालो नेपाल पार्टी) – ६
जग्गु चौधरी (आम जनता पार्टी) – ४
धर्मानन्द जोशी (प्रगतिशील लोकतान्त्रिक पार्टी) – ३
राम बहादुर कार्की (राष्ट्रिय जनमोर्चा) – २
खडक ताम्राकार (संयुक्त नागरिक पार्टी) – १
हरिस बहादुर भट्ट (स्वतन्त्र) – १

अन्य उम्मेदवारहरूले हालसम्म मत प्राप्त गरेका छैनन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button