तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर-१ मा मतगणना सुरु 

कञ्चनपुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय सहमति पश्चात् बिहान ४:१५ बजेदेखि मतगणना सुरु गरिएको हो । मतदानपछि सङ्कलन गरिएका मतपेटिका सुरक्षित रुपमा गणना स्थलमा ल्याएर आवश्यक प्रक्रिया पूरा गरेपछि मतगणना सुरु गरिएको जनाइएको छ ।

क्षेत्र नम्बर १ मा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको छ । मतगणना सुरु भएसँगै विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा गणना प्रक्रिया अघि बढाइएको छ । निर्वाचनको आधिकारिक नतिजा भने मतगणना सम्पन्न भएपछि सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button