डडेल्धुरामा मतगणनाबारे सर्वदलीय बैठक भोलि
डडेल्धुरा। डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचन मतगणनाको तयारीका लागि सर्वदलीय बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिनेछ, जुन डडेल्धुरा जिल्ला अदालतको भवनमा रहेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतगणनासम्बन्धी छलफलका लागि राजनीतिक दल तथा सरोकारवालालाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्