तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरका विभिन्न मतदान स्थलबाट मतपेटिका मतगणना स्थलमा ल्याइँदै

पाँचथर । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पाँचथरमा  ४९.६३ प्रतिशत मत खसेको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार ७१ हजार १ सय ७० मत खसेको हो । जसमा महिला ३३ हजार ६ सय  १५ र पुरुष ३७ हजार ५ सय ५५ जनाले मतदान गरेका छन् ।

१ लाख ४३ हजार ४ सय ८ मतदाता रहेको  पाँचथरमा सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ।

त्यस्तै पाँचथरका विभिन्न मतदान स्थलबाट मतपेटिका सदरमुकामस्थित मतगणना स्थलमा ल्याइँदै  छ। 

भोलि बिहान सम्ममा सबै मतपेटिका ढुवानी भइसक्ने र भोलि नै सर्वदलीय बैठक बसी मल गणना गरिने जिल्ला निर्वचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button