तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा शान्तिपूर्ण मतदान, ५८ दशमलव ५३ प्रतिशत मत खस्यो 

धादिङ । धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट मतपेटिका धमाधम निर्वाचन अधिकृतको कार्यालय ल्याउन थालिएको छ। 

जिल्लाको क्षेत्र न १ का सबै मतदान केन्द्रबाट आजै राती १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालय गल्छी बैरेनी मतपेटिका ल्याइसकिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

त्यस्तैगरि निर्वाचन क्षेत्र न २ को रूबिभ्याली गाउँपालिका, खनियाबास गाउँ पालिका र गंगाजमुना गाउँपालिका बाहेकका अन्य गाउँपालिकाको मतपेटिका आज रातीसम्म निर्वाचन अधिकृतको कार्यालय धादिङबेशी आइपुग्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ५७ दशमलव ५३प्रतिशत मत खसेको छ ।

जिल्लामा कुल दुई लाख ७५ हजार दुई सय ८० मतदातामध्ये एक लाख ५८ हजार ३ सय ८४ मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव बहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button