कञ्चनपुरको निर्वाचन अपडेट : जिल्लाभर ५८.६३ प्रतिशत मतदान
कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर जिल्लामा बेलुका ५ः०० बजेसम्म कुल ५८.६३ प्रतिशत मतदान भएको छ । अस्थायी मतदाता बाहेकको विवरण अनुसार जिल्लाभर ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३१६ जनाले मतदान गर्नुभएको छ । जिल्लाभर खसेको मतमध्ये १ लाख २ हजार ५१९ महिला र ८१ हजार ७९७ पुरुष मतदाता रहनुभएको छ ।
क्षेत्र नम्बर १
कुल मतदाता संख्या १ लाख १ हजार ७२४ रहेको कञ्चनपुर क्षेत्र नम्बर एकमा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष रहनु भएको छ । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ ।
क्षेत्र नम्बर २
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६४ हजार ८८१ मत खसेको छ । जसमा ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष रहनुभएको छ । यहाँ ५९.२१ प्रतिशत मतदान भएको छ ।
क्षेत्र नम्बर ३
कुल १ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५८ हजार ३६१ मत खसेको छ । जसमा ३२ हजार ७३० महिला र २५ हजार ६३१ पुरुष रहनुभएको छ । यस क्षेत्रमा ५६.६२ प्रतिशत मतदान भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रशासनले जनाएको छ । अब सर्वदलीय सहमतिमा मतपेटिका सङ्कलन गरी मतगणनाको तयारी गरिनेछ । जिल्लाभर क्षेत्र नम्बर १ मा सबैभन्दा बढी र क्षेत्र नम्बर ३ मा तुलनात्मक रुपमा कम मतदान भएको देखिएको छ । १३२ मतदान स्थलका ३६० मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्