तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमका ५९ प्रतिशत मत खस्यो

रुकुम पश्चिम । रुकुम पश्चिममा ५९ प्रतिशत मत खसेको छ । 

प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार जिल्लाभर ५९.०३ प्रतिशत मत खसेको हो । 

जसमा महिला ३४ हजार ६ सय ४ जना र पुरुष २८ हजार ३ सय ६४ जना गरी जम्मा ६२ हजार ९ सय ६८ मत खसेको छ । जिल्लामा १ लाख ६ हजार ६ सय ६० कुल मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button