३ बजेसम्म पाँचथरमा ४६ प्रतिशत मतदान

पाँचथर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार भइरहेको मतदानमा ३ बजेसम्म पाँचथरमा ४६ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ बजेसम्म ६५ हजार ८ सय ८३ मत खसेको हो । जसमा महिला ३१ हजार ७सय ७ र पुरुष ३४ हजार १ सय ७६ ले मतदान गरे ।
जिल्लाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको प्रहरी प्रमुख अनिश कर्णले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्