इलाममा १ सय ७ बर्षिया वृद्धाद्वारा मतदान
इलाम । इलाममा १ सय ७ बर्षिया वृद्धाले मतदान गर्नु भएको छ । इलामको चुलाचुली गाउँपालिका -६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा १ सय ७ वर्षीया विष्णुमाया बानियाँले मतदान गर्नुभएको हो । इलाम नगरपालिका–६ स्थित सत्यनारायण आविमा ९८ वर्षीय घनेन्द्र भट्टराईले मतदान गर्नुभएको छ ।

भट्टराई द्वारा यस केन्द्रमा मतदान सुरुवात गरिएको थियो । यसैगरी माइजोगमाई गाउँपालिका–४ को नेपाल ज्योति माविमा रहेको मतदान स्थलमा ९२ वर्षीया महेश्वर ढुङ्गानाले मतदान गर्नुभएको जानकारी प्राप्त भएको छ।
यस्तै इलामको सन्दकपुर गाउँपालिका–१ आलु बारी स्थित चन्द्रोदय आविमा ८७ वर्षीया मित्रकुमारी राईले मतदान गर्नुभएको मतदान अधिकृत दिलकुमार राईले जानकारी दिनुभएको छ । हालसम्म इलाममा ४० प्रतिशत मतदान भएको छ ।
इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्