रुकुम पश्चिममा ५० प्रतिशत बढी मत खस्यो
रुकुम पश्चिम। रुकुम पश्चिममा दिउसो २ बजेसम्म ५० प्रतिशत बढी मत खसेको छ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत केशव प्रसाद ओलीका अनुसार जिल्लाभर ५०.६१ प्रतिशत मत खसेको हो ।
जसमा महिला २९ हजार ५ सय ८४ जना र पुरुष २४ हजार ४ सय २ गरी जना गरी जम्मा ५३ हजार ९ सय ८४ मतदाता रहेका छन् । जिल्लामा १ लाख ६ हजार ६ सय ६० कुल मतदाता रहेका छन् ।
जिल्लाका १ सय ४० मतदान केन्द्रका शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्