तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर-१ मा दिउँसो १ बजेसम्म ४२.६६ प्रतिशत मतदान

कञ्चनपुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो १:०० बजेसम्म आइपुग्दा ४३ हजार ३९८ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म खसेको मतमध्ये २२ हजार ८११ महिला र २० हजार ५८७ पुरुष मतदाता रहेका छन् । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा दिउँसो १ बजेसम्म ४२.६६ प्रतिशत मतदान भएको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत ५२ मतदान स्थलका १ सय २२ मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस निर्वाचन क्षेत्रमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन कार्यतालिका रहेको छ । सुरक्षाका दृष्टिले संवेदनशील तथा अतिसंवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्य केन्द्रमा पनि निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button