तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ३४.०४ प्रतिशत मतदान, निर्वाचन शान्तिपूर्ण रूपमा जारी

जाजरकोट। जारी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जाजरकोटमा हालसम्म ३४.०४ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म कुल ३४ हजार ७५९ मत खसेको छ।

जसमध्ये १७ हजार ७७९ पुरुष र १६ हजार ९८० महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता रहेका छन्।

निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकायको कडा व्यवस्थापनका कारण मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति क्रमशः बढ्दै गएको छ।

निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ। अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको लाइन देखिएको छ र मतदान प्रक्रिया साँझसम्म जारी रहने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button