तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादका लागि जनमत अपरिहार्य : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद स्थापना गर्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्पष्ट जनमत अपरिहार्य रहेको बताउनुभएको छ ।

रोल्पामा आयोजित निर्वाचन जनसभालाई सम्बोधन गर्दै  प्रचण्डले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य व्यवस्था व्यवहारमा उतार्न जनताको सक्रिय समर्थन आवश्यक रहेकोले आगामी निर्वाचनलाई समाजवादतर्फको यात्राको महत्वपूर्ण मोडका रूपमा लिन आग्रह गर्नुभयो ।

प्रचण्डले मुलुकमा देखिएका असमानता, बेरोजगारी, गरिबी र सामाजिक अन्याय अन्त्यका लागि समाजवादी नीति अपरिहार्य भएको उहाँले बताउनुभयो । रोल्पा क्रान्तिको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै परिवर्तनका पक्षमा यहाँका जनताले सधैँ अग्रणी भूमिका खेलेको स्मरण उहाँले गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button