सहिद मार्गमा टाटा सुमो दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु, सात घाइते
रोल्पा। दाङको घोराही बाट रोल्पाको बागमारा तर्फ जाँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो आज बिहान सहिद मार्ग अन्तर्गत रुन्टीगढी गाउँपालिका–५ खुम्बास क्षेत्रमा दुर्घटना भएको छ।

दुर्घटनामा १ जनाको घटनास्थलमै ज्यान गएको पुष्टि भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्