अमरगढी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिममै पहिलो
डडेल्धुरा । कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष देशभरमै उत्कृष्ट बनेको अमरगढी नगरपालिका यसपटक भने सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट पालिका घोषित भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये अमरगढीले ७७.७९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।

नतिजा अनुसार दोस्रो स्थानमा अपिहिमाल गाउँपालिका (७६.१४ अंक), तेस्रोमा जोरायल गाउँपालिका (७५.१९ अंक), चौथोमा साइपाल गाउँपालिका (७४.०६ अंक) र पाँचौँ स्थानमा जयपृथ्वी नगरपालिका (७१.४४ अंक) रहेका छन् ।
प्रदेशकै पुछारमा भने दार्चुलामा रहेको व्यास गाउँपालिका रहेको छ । व्यासले ३७.८५ अंक मात्र प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनमा योजना कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाह तथा सुशासनका सूचकलाई आधार बनाइ अंक प्रदान गरिने गरिएको आयोगले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्