साउदी परराष्ट्र मन्त्रालयद्वारा भिसा सेवाबारे सतर्कता अपनाउन आग्रह
काठमाडौं: साउदी अरेबियाको परराष्ट्र मन्त्रालयले भिसा सेवा लिन चाहने सेवाग्राहीलाई कुनै पनि व्यक्तिगत वा आर्थिक विवरण साझा गर्नुअघि प्रयोग गरिने लिंक तथा वेबसाइटको प्रामाणिक भएकाे नभएकाे अनिवार्य रूपमा पुष्टि गर्न आग्रह गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचनामार्फत भ्रामक तथा अनधिकृत वेबसाइट र लिंकहरूबाट सतर्क रहन आग्रह गर्दै साउदी भिसासम्बन्धी सेवा केवल आधिकारिक माध्यमबाट मात्र लिन अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार साउदी अरेबियाको भिसा सेवा आधिकारिक वेबसाइट KSA Visa मार्फत उपलब्ध छ।







प्रतिक्रिया राख्नुहोस्