रोल्पामा ११ जनाको उम्मेदवारी
रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पाबाट विभिन्न ११ जनाको उम्मेदवारी परेको छ नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वर्षमान पुन ‘अनन्त’ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै नेकपा एमालेका तर्फबाट गोकुलप्रसाद घर्तीमगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसबाट डा. सुदनकुमार ओलीले उम्मेदवारी दर्ता गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालाराम थापा, नेकपा (माओवादी)बाट चूडामणि वली ‘आदर्श’, राष्ट्रिय जनमोर्चाबाट मेखबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अमरबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट कुमार घर्तीमगर र नेशनल रिपब्लिक नेपाल पार्टीबाट मनबहादुर घर्तीमगरले उम्मेदवारी दर्ता गराउनुभयो ।
साथै स्वतन्त्र उम्मेदवारका रुपमा आशबहादुर पुन र दलबहादुर ओलीको पनि उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्