तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारको मनोनयन दर्ता

रोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रोल्पामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पूर्व मन्त्री समेत रहनुभएका वर्षमान पुनले आज औपचारिक रूपमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो। 

त्यसैगरी नेपाली काँग्रेसका डा. सुदन कुमार ओली, नेकपा (एमाले) का गोकुल घर्ती, नेकपा (माओवादी) का चूडामणि ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय लिवाङ्गले बताएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समय सीमाभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारी दर्तासँगै रोल्पामा निर्वाचनको माहौल थप तातिएको छ भने दलहरू प्रचार–प्रसारको तयारीमा जुटेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button