तपाईँ सुन्दै हुनुहुन्छः

युएईद्वारा संयुक्त राष्ट्र संघको मानवीय कार्यका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ बराबरकाे सहयोगको घोषणा

काठमाडाैं । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनअनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले संयुक्त राष्ट्र संघको २०२६ ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू (GHO) लाई समर्थन गर्न ५५० मिलियन अमेरिकी डलर ( करिब ७८ अर्ब ६५ करोड नेपाली रुपैयाँ) को सहयोग घोषणा गरेको छ।

यो सहयोग विश्वभरका २३ मानवीय कार्यक्रमहरूमा लगभग १३ करोड ५० लाख मानिसहरूलाई सहयोग गर्न GHO द्वारा माग गरिएको ३३ अर्ब अमेरिकी डलरको कोषको एक प्रमुख हिस्सा हो। यस सहयाेगले तत्काल २३ अर्ब अमेरिकी डलरको कोषमार्फत अत्यावश्यक सहयोग चाहिने ८ करोड ७० लाख मानिसहरूको जीवन बचाउने विश्वास गरिएकाे छ।

युएईको राज्यमन्त्री (अन्तर्राष्ट्रिय सहयोग) रिम बिन्त इब्राहिम अल हाशिमीले यो सहयोग राष्ट्रपति अल नाह्यानको निर्देशनको प्रतीक भएको र यसले मानवीय कार्यहरूमा अन्तर्राष्ट्रिय एकताको आवश्यकतामा युएईको गहिरो विश्वासलाई झल्काउने बताउनुभयाे।

संयुक्त राष्ट्र संघ (OCHA) का अवर-महासचिव टम फ्लेचर लगायत विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ (UNICEF), संयुक्त राष्ट्र शरणार्थी उच्चायोग (UNHCR), र विश्व खाद्य कार्यक्रम (WFP) का प्रमुखहरूले युएईको यस उदार र द्रुत सहयोगको प्रशंसा गरेका छन्। उनीहरूले यो सहयोगले संकटग्रस्त क्षेत्रहरूमा लाखौं मानिसहरूका लागि स्वास्थ्य सेवा, खाद्य सुरक्षा र बाल सुरक्षा जस्ता महत्त्वपूर्ण सहायता पुर्‍याउन जीवनरेखाको काम गर्ने कुरामा जोड दिनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button