तपाईँ सुन्दै हुनुहुन्छः

सरकारसँगको त्रिपक्षीय वार्तामा जेनजीको जोड- चुनावसँगै सुशासन पनि चाहियो

काठमाडौँ । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा रहेका जेनजी प्रतिनिधिहरूले आफ्ना मुख्य जोड चुनावसँगै सुशासन पनि रहेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिबीच भएको छलफलमा जेनजी प्रतिनिधिहरूले आफूहरूको मुख्य जोड भनेको चुनाव चाहिएको हो तर चुनाव चुनाव भनेर मात्र हुँदैन, हाम्रो आन्दोलनको मुख्य माग सुशासन भएको बताएका हुन । 

जेनजीहरूले चुनावसँगै आफूहरूको मुख्य माग सुशासन भएको भन्दै यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका छन् । “जेनजीहरूको मुख्य जोड चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।”, छलफलमा जेनजीहरूले भनेका छन् । 

छलफलमा जेनजीका तर्फबाट बोल्ने क्रम सकिएको छ । जेनजीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल,पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, अमीत खनाल ऊर्जा, रिजन रानामगर, सामना घर्ती, मोनिका उपार्जुन चाम्लिङ, खेम साउँद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल, सागर ढकाललगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button