तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमपूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षा 

रुकुम पूर्व I रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा गएराति देखि वर्षा सँगै हिमपात भएको छ । जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक सेताम्मे हिउँ परेको हो ।

पर्यटकहरूले हिमपातपछि “रमाइलो” भनेका छन् भने स्थानीयहरूले बाहिर निस्किन कठिन भएको बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अरब सागरमा विकसित मौसमी प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा वर्षा भएको छ ।

हिमपात र वर्षासँगै चिसो बढेको छ । कृषि विशेषज्ञहरूले यसले हिउँदे बालीका लागि फाइदाजनक हुने बताएका छन् ।

तस्बिर : दिलचन पुन

प्रतिक्रिया राख्नुहोस्

Back to top button