तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

रुकुम पर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा भएको बोलेरो जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय युवा विजय अधिकारीका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो ।

गाडी चालक टोपजङ बुढा गम्भीर घाइते भएको र जिपमा सिट क्षमताभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button