तपाईँ सुन्दै हुनुहुन्छः

थालिगाड–निसिल सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु 

दार्चुला । दार्चुलाको थालिगाड निसिल सडक खण्डमा जीप दुर्घटना भएको छ । 

महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ को निसिलतर्फ गइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप आइतबार दिउँसो ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृतक २८ वर्षीय नरेश बहादुर पाल रहेका छन् । 

घाइते हुनेहरूमा वर्ष ४० को अम्मर सिंह धामी, वर्ष १४ को त्रिभुवन पाल, वर्ष २७ को भान बहादुर पाल, २४ वर्षीय लोकेन्द्र धामी, २८ वर्षीय पङ्कज पाल, जय बहादुर पाल, १८ वर्षीय जनक धामी, २४ वर्षीय सुभम पाल, १९ वर्षीय रोजिन पाल र ओम प्रकाश ढाट रहेका छन् । जीप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button